काठमाडाैं- सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको पदेश ५ सभा बैठक अझै सुरु हुन सकेको छैन।
कांग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गर्न धारणा राखेका थिए । सो लगत्तै बैठकल २ बजेसम्मका लागि स्थगित भएको थियो ।
तर अझैं बैठक सुरु हुन सकेको छैन् । मुख्यमन्त्रीले गरेको छलफलमा सहमति नजुटेपछि संसद बैठक सुरु हुन नसकेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी कांग्रेस र जनता समाजवादीका दलका नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर, तिश्कर्षमा भने पुग्न सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।