काठमाडौं - नेपाली कांग्रेस बर्दियाले हालै प्रदेश ५ सरकारले लामो विवाद पछि प्रदेशको नाम र राजधानी प्रस्ताव गरेको विषयमा सकरात्मक धारणा सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका जिल्ला सभापति तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले एक विज्ञप्ती जारी गर्दै प्रदेशको नाम र स्थान उपयुक्त ठाउँमा रहेकोले बर्दिया कांग्रेसले सकरात्मक रुपमा लिएको उल्लेख गरेका हुन्।
‘जनताको व्यापक दबाबका कारण प्रदेशको नाम लुम्बीनी र राजधानी दाङको देउखुरी (भालुवाङ) मा राख्ने प्रस्तावको निर्णय भएको छ,’ गौतमले विज्ञप्तीमा लेखेका छन्, ‘प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुको शुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा कांग्रेस बर्दियाले यसलाई सकरात्मक रुपमा लिएको छ।’
प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई हराएका सञ्जयकुमार गौतमले भनेका छन, ‘प्रस्तावित नाम र स्थानलाई प्रदेशसभाबाट यथाशिघ्र पारित गरी कार्यान्व्यनमा लैजान नेपाली कांग्रेस बर्दिया जोडदार माग गर्दछ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।