आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

समाजसेवामा सक्रिय शर्मिला थापाको कांग्रेस महाधिवेशनमा शानदार उपस्थिति, सर्लाही–१ मा सर्वाधिक मत

समाजसेवामा सक्रिय शर्मिला थापाको कांग्रेस महाधिवेशनमा शानदार उपस्थिति, सर्लाही–१ मा सर्वाधिक मत

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०८३

  • 762
    SHARES

  • समाजसेवामा सक्रिय शर्मिला थापाको कांग्रेस महाधिवेशनमा शानदार उपस्थिति, सर्लाही–१ मा सर्वाधिक मत

    बयलवास - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा शर्मिला थापाले सर्वाधिक मत प्राप्त गरेकी छन्। थापाले ६९७ मत प्राप्त गर्दै क्षेत्र नम्बर १ को निर्वाचनमा शीर्ष स्थान हासिल गरेकी हुन्।

    सहमतिको प्रयास सफल हुन नसकेपछि बयलवासस्थित गल्ला व्यापार संघको भवनमा मतदानमार्फत महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय कार्यसमिति चयन गरिएको थियो।

    प्राप्त मतपरिणामअनुसार रामबाबु शाहले ६७१ मत प्राप्त गरेका छन्। निलमदेवी राय र रामचन्द्र चौधरीले समान ६३६ मत पाएका छन्। त्यस्तै रामनारायण सिंह दनुवारले ६०८, गोपाल पजियार थारूले ६०४ तथा शम्भुलाल श्रेष्ठले ६०१ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मत प्राप्त गरेसँगै थापाले महाधिवेशन प्रतिनिधिका रूपमा बलियो उपस्थिति देखाएकी छन्।

    नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुखसमेत रहेकी थापा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी हुन्।

    राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएकी थापाले यसअघि देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी थिइन्। बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले व्यक्तिगत रूपमा उक्त रकम प्रदान गरेकी थिइन्।

    विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताउँदै थापाले आफूले सक्ने सहयोग गरेको बताएकी थिइन्। उनले देशभरका बाढीपीडितको सहयोगका लागि सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रहसमेत गरेकी थिइन्।

    “देश अहिले बाढीको पीडामा छ। यस्तो दुःखद घडीमा बाढीपीडित परिवारहरूको साथमा उभिनु हामी सबैको मानवीय दायित्व हो। यही भावनाका साथ व्यक्तिगत तर्फबाट सरकारको राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी हुँ,” थापाले भनेकी थिइन्।

    विभिन्न कठिन परिस्थिति र समस्यामा परेका नागरिकलाई सहयोग गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएकी थापाले विपद्का बेला समेत मानवीय सहयोगलाई निरन्तरता दिँदै आएकी छन्। सामाजिक तथा मानवीय गतिविधिमा उनको सक्रियता स्थानीय स्तरमा समेत चर्चामा रहँदै आएको छ।

    कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोटमा सर्लाही क्षेत्र नम्बर १ बाट सर्वाधिक मत प्राप्त गरेकी थापाको राजनीतिक सक्रियतासँगै सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदानले पनि चर्चा पाएको छ। पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थापा विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा समेत निरन्तर संलग्न हुँदै आएकी छन्।

    विपद्का बेला प्रभावित नागरिकको सहयोगदेखि समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा समेत सक्रिय रहँदै आएकी थापाले राजनीति र सामाजिक सेवामार्फत समुदायसँगको आफ्नो सम्बन्धलाई निरन्तर बलियो बनाउँदै आएकी छन्।

    पछिल्लो महाधिवेशन प्रतिनिधि निर्वाचनमा प्राप्त गरेको सर्वाधिक मतसँगै थापाको राजनीतिक सक्रियता, संगठनमा रहेको भूमिका र सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदान थप चर्चामा आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०८३०१:४२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend