मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

दाङलाई प्रदेश राजधानी बनाउने पक्षमा नेकपाकै सांसदले भोट नहाल्ने !

दाङलाई प्रदेश राजधानी बनाउने पक्षमा नेकपाकै सांसदले भोट नहाल्ने !

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.1K
    SHARES

  • दाङलाई प्रदेश राजधानी बनाउने पक्षमा नेकपाकै सांसदले भोट नहाल्ने !

     काठमाडौं । लामो समयको विवाद पछि प्रदेश ५ को नाम र राजधानी प्रस्ताव गरिएको छ। प्रदेशको नाम लुम्बिनी र प्रदेशको केन्द्र भने दाङको देउखुरी राख्ने प्रस्ताव संसदमा गइसकेको छ। दाङमा खुसीयाली छ भने बुटवल, पाल्पा, गुल्मी तिर विरोधको आन्दोलन चलिरहेको छ।

    राजधानी दाङ बनाउने निर्णय नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्। त्यसपछि मात्रै प्रदेशसभा नाम र राजधानी रहने स्थान प्रस्ताव गरिएको थियो। यसमा सत्तारुढ दल नेकपाकै सांसदहरुले पनि आपत्ति जनाएका छन् भने कांग्रेसले यसै विरोध गरिरहेको छ।

    दाङ क्षेत्रका कांग्रेस भने विरोधमा खुलेर लागेका छैनन्। केही सांसदहरुको असन्तुष्टिका बावजुद प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ। शनिबार बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म मुख्यमन्त्री निवासमा बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी देउखुरीमा राख्ने पक्षमा मतदान गर्ने निर्णय भएको थियो।

    प्रदेशको नाममा सबैको समर्थन रहे पनि राजधानीका विषयमा सत्तारुढ दलभित्रै विरोध हुँदै आएको थियो। शनिबारको बैठकमा नेकपाका केही सांसदले प्रदेशको राजधानी रुपन्देहीबाट सार्न नहुने बताएका छन्। बैठकमा रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीका केही सांसदहरुले प्रदेशको राजधानी सार्न नहुने पक्षमा मत राखेका थिए।। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा प्रदेशको राजधानी सार्ने प्रस्तावको विपक्षमा उभिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०७:२०:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend