सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाल्पामा कांग्रेसको आन्दोलन ः कम्युनिष्ट सरकार चाहिँदैन, राजधानी सार्न पाइँदैन

पाल्पामा कांग्रेसको आन्दोलन ः कम्युनिष्ट सरकार चाहिँदैन, राजधानी सार्न पाइँदैन

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.5K
    SHARES

  • पाल्पामा कांग्रेसको आन्दोलन ः कम्युनिष्ट सरकार चाहिँदैन, राजधानी सार्न पाइँदैन

    काठमाडौं - प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीलाई प्रस्ताव गरिएको भन्दै पाल्पामा विरोध प्रदर्शन भएको छ। पाल्पा कांग्रेसले बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्ने माग राखेको छ। प्रदेश सरकारका लागि आवश्यक सबै पूर्वाधार बुटवलमा रहेको भन्दै कांग्रेसले सार्न नहुने बताउँदै आएको छ।

    आजको विरोध प्रदर्शनमा प्रदेश राजधानी सार्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाइएको थियो। तानसेनस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली आन्दोलन चोक, भिमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोणसभामा परिणत भएको थियो।

    कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्षदलसँग छलफल नै नगरी जनभावना विपरीत प्रस्ताव ल्याउनु गलत भएको बताए।

    उनले विगतको सरकारले टुङ्गो लगाई सकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने काम बर्तमान सरकारले गरेको उपसभापती ढकालले बताए। अहिले प्रदेशको राजधानी दाङको देउखुरी लौजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता नलिए थप आन्दोलन चर्काउने चेतावनी नेपाली कांग्रेस पाल्पाका कार्यक्रमहरू उद्घोष गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:३५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend