काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको विमानमा भएको असामान्य घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले विमानभित्र भएको घटनाबारे आफूलाई जानकारी गराएको बताएका छन्। उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई सुरक्षित राख्न र विमान नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए।
घटनाबारे प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई ‘अत्यन्तै हैरान पार्ने घटना’ भनेका छन्। उनले विमानका सहपाइलट सम्भवतः आतंकवादी हुन सक्ने वा उनको मानसिक अवस्था ठीक नभएको हुन सक्ने आशंका व्यक्त गरे पनि घटनाको वास्तविक कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।
विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको बताइएको छ। आक्रमणमा परेका भारतीय पाइलट स्मित मच्छरको ट्रम्पले प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिएका छन्।
घटना बुधबार दुबईबाट तेल अभावतर्फ उडेको फ्लाई दुबईको विमानमा भएको हो। उडान भरेको करिब दुई घण्टापछि विमानले निर्धारित मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएर त्यहाँ अवतरण गरेको जनाइएको छ।
घटनामा संलग्न पाइलटको उद्देश्य के थियो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।
– बीबीसी हिन्दीको सहयोगमा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।