मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मन्त्रीबाट फिर्ता बोलाइएका चार नेता पार्टी काममा फर्केनन्, माधव नेपाललाई तनाव

मन्त्रीबाट फिर्ता बोलाइएका चार नेता पार्टी काममा फर्केनन्, माधव नेपाललाई तनाव

  • मिडिया डबली
  • सोमवार, श्रावण २ २०७९

  • 7.7K
    SHARES

  • मन्त्रीबाट फिर्ता बोलाइएका चार नेता पार्टी काममा फर्केनन्, माधव नेपाललाई तनाव

    काठमाडौं - ‘जबर्जस्ती’ मन्त्रीबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका चार पूर्वमन्त्री अहिलेसम्म पार्टी काममा फर्केका छैनन् ।

    एक महिनाअघि एकीकृत समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीको निर्णयपछि उनीहरू असन्तुष्ट बनेका थिए ।

    एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेताहरू मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय बसेपछि एकीकृत समाजवादीमा तरंग सिर्जना भएको छ ।

    उनीहरू एक महिनादेखि पार्टी कार्यालयसमेत नगएको बुझिएको छ । मन्त्रीबाट फिर्ता बोलाइएकामध्ये झाँक्री त पार्टी सचिव पनि हुन् । उनी यतिबेला परिवार र साथीभाइसँग घुमघाममा व्यस्त छिन् ।

    मन्त्री हुँदा घुम्ने फुर्सद नमिलेकाले अहिले आरामले घुमघाम गरिरहेको उनले बताएकी छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म कुनै भूमिका नदिएकाले काममा नफर्केको पनि उल्लेख गरेकी छन् ।

    आफूहरूलाई मन्त्रीबाट फिर्ता बोलाउन पार्टीले निर्णय गरेलगत्तै चारैजनाले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षणसमेत गराएका थिए ।

    तर, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतको तीव्र दबाबका कारण आले, झाँक्री, खतिवडा र श्रेष्ठले मन्त्री पद गुमाएका हुन् ।

    उनीहरूलाई फिर्ता बोलाएर नयाँ गएका मन्त्रीहरू भवानी खापुङ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, हीराचन्द्र केसी भने नियमित पार्टी कार्यालय जाने गरेको बताइएको छ ।

    एक महिनासम्म पार्टी काममा नफर्केका नेताहरू कतै एमाले वा अन्य पार्टीमा प्रवेश गर्ने तयारीमा त छैनन् भन्ने आशंका एकीकृत समाजवादीका नेताहरूमा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २४ २०७७११:०२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend