सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

ओलीले माधव नेपाललाई अध्यक्षको प्रस्ताव गरे, प्रचण्ड अब पनि सँगै बस्लान् ?

ओलीले माधव नेपाललाई अध्यक्षको प्रस्ताव गरे, प्रचण्ड अब पनि सँगै बस्लान् ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 6.6K
    SHARES

  • ओलीले माधव नेपाललाई अध्यक्षको प्रस्ताव गरे, प्रचण्ड अब पनि सँगै बस्लान् ?

    काठमाडौं - इस्ट इन्डिया कम्पनीले भारतमा शासन गर्दा ‘फुटाऊ र राज गर’ को नीति अपनाएको थियो । जसकारण भारतीयलाई विभाजित गर्दै सयौं वर्षसम्म अंग्रेजले भारतमा शासन गरे ।

    जब महात्मा गान्धीले समग्र भारतलाई जोड्दै अहिंसा आन्दोलन अघि बढाए, तब अंग्रेज शासक आत्तिए । र, अन्त्यमा भारत छाडेर हिँडे । अंग्रेस शासकको सोही नीति अहिले सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अघि बढाएका छन् ।

    विभिन्न लोभ र प्रलोभन देखाएर तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि ओलीले अहिले त्यही पार्टीका नेतालाई निकाल्ने रणनीति अख्तियार गरेका छन् ।

    ओलीले पूर्वमाओवादीका पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनपछि अध्यक्ष र निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । अझ दुईबीच भद्र सहमति नै भएको थियो ।

    पार्टी एकता भएकै बेला ओली र प्रचण्डबीच साढे दुई वर्ष साढे दु्ई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, ओलीको जालमा परेका प्रचण्ड अहिले किनारा लागेका छन् ।

    आधा कार्यकाल प्रधानमन्त्री त के पार्टीको कार्यकारी अध्यक्ष दिएर पनि अहिले आफ्नो उपाध्यक्षको जस्तो व्यवहार गरेका छन् । प्रचण्डले आफूलाई घेराबन्दीमा पार्न लागेको भन्दै ओली अहिले माधवकुमार नेपाल फकाउन लागिपरेका छन् ।

    साउनयता चारचोटि भेटेर ओलीले चारवटा प्रस्ताव राखेका छन् । तर, एउटामा पनि उनी अडिन सकेका छैनन् । मौसमअनुसार फरक फरक प्रस्ताव राखेर माधवलाई प्रचण्डको कित्ताबाट आफूतिर ल्याउन प्रयास मात्र गरेका छैनन्, महाधिवेशनमा अध्यक्ष र निर्वाचनपछि प्रधानमन्त्री बनाउने भनेर आश्वासनसमेत दिएका छन् ।

    यस्तो आश्वासन ओलीले वामदेव गौतमलाई पनि दिएका थिए । तर, उनै ओलीले गौतमको राजनीतिक भविष्य नै सिध्याइदिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १७ २०७७१२:१३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend