सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

दशैंको मुखैमा अधिकांश मन्त्रीको पद धरापमा, माधव नेपालले गरे यस्तो प्रस्ताव !

दशैंको मुखैमा अधिकांश मन्त्रीको पद धरापमा, माधव नेपालले गरे यस्तो प्रस्ताव !

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 5.7K
    SHARES

  • दशैंको मुखैमा अधिकांश मन्त्रीको पद धरापमा, माधव नेपालले गरे यस्तो  प्रस्ताव !

    काठमाडौं - नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डामाथि छलफल भएसँगै सरकारमा रहेका सबै मन्त्रीहरू त्रस्त बनेका छन् ।

    अधिकांश मन्त्रीहरू दशैंसम्म पनि आफ्नो पद नजोगिने हो कि भन्ने चिन्ताले छटपटीमा परेका छन् । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो ।

    जसमा नेताहरूबीच नै मत बाझिएको थियो । प्रधानमन्त्री केपी ओलीले केही मन्त्री मात्र हेरफेर गर्ने प्रस्ताव गरेका थिए । तर, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतले एक दुईजना मन्त्री मात्र फेरेर सरकार प्रभावकारी नहुने धारणा राखेका थिए ।

    प्रचण्डले पार्टीका वरिष्ठ नेताहरूलाई पनि सरकारमा सामेल गर्ने प्रस्ताव गरेका थिए । उनले केही होइन, धेरै मन्त्री फेर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, वरिष्ठ नेता माधव नेपालले पूरै सेट फेर्नुपर्ने प्रस्ताव गरेपछि मन्त्रीहरूको निदहराम भएको छ ।

    यदि नेता नेपालको प्रस्तावमा पार्टी सचिवालय बैठकले निर्णय गरेमा दशैंअघि नै सबै मन्त्रीको पद जानेछ । ओली सरकारमा अहिले २२ मन्त्री छन् । तीनवटा मन्त्रालय मन्त्रीविहीन छन् ।

    प्रधानमन्त्री ओली आफैंले अर्थ मन्त्रालय चलाउने मनस्थिति बनाएका छन् । त्यसका लागि उनले डा.युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएर बालुवाटार भित्र्याइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend