सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड र माधव नेपाल मिल्दा बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीमा बढ्यो छटपटी

प्रचण्ड र माधव नेपाल मिल्दा बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीमा बढ्यो छटपटी

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 10.9K
    SHARES

  • प्रचण्ड र माधव नेपाल मिल्दा बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीमा बढ्यो छटपटी

    काठमाडौं - कर्णाली प्रदेश सरकारमा देखिएको विवाद अन्ततः मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमतिमा टुंगिएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि कर्णालीका सरकार र नेकपाका प्रदेश पदाधिकारीलाई काठमाडौं बोलाइएको छ । सम्भवतः प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबाट केही सन्देशसहित उनीहरू कर्णाली फिर्नेछन् । तर, कर्णालीको बाछिटाले बाग्मती र प्रदेश नम्बर १ का मुख्यमन्त्री क्रमशः डोरमणि पौडेल र शेरधन राईमा छटपटी बढेको छ ।

    कर्णालीको विवाद समाधान गर्न नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आन्तरिक सहकार्य भएको छ । यसले प्रधानमन्त्री ओली समूहलाई चिन्ता थपेको छ ।

    प्रधानमन्त्री ओलीले केन्द्रमा आफ्नो समूहलाई पेल्दै गएपछि प्रचण्ड र नेपालबीच सहकार्य भएको हो । बाग्मती र प्रदेश १ मा ओली पक्षका मुख्यमन्त्री छन् ।

    पार्टीमा बहुमत हुँदाहुँदै पनि नेपाल समूहले केही अवसर पाएको छैन । ओली पक्षकै चार नेताले मुख्यमन्त्री पाएका छन् । त्यसैले यसपटक बाग्मती र प्रदेश १ मा मुख्यमन्त्री फेरिने प्रबल सम्भावना रहेको नेकपाकै नेताहरु बताउँछन् ।

    यदि प्रचण्ड र नेपाल समूहले दबाब बढाएमा बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री बन्ने दिशामा नेकपामा समीकरण बन्दै गएको स्रोतले बताएको छ । तर, त्यसका लागि केन्द्रको मन्त्रिपरिषद् पुनर्गठन कसरी हुन्छ ? त्यसमै निर्भर रहने नेपाल पक्षीय एक नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend