मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

आज यस्तो छ दशैं टीकाको उत्तम साइत, कतापट्टि फर्केर थाप्ने टीका–जमरा ?

आज यस्तो छ दशैं टीकाको उत्तम साइत, कतापट्टि फर्केर थाप्ने टीका–जमरा ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २९ २०७८

  • 6.2K
    SHARES

  • आज यस्तो छ दशैं टीकाको उत्तम साइत, कतापट्टि फर्केर थाप्ने टीका–जमरा ?

    काठमाडौं – नेपालीहरुको महान् पर्व बडादशैंको दशौं अर्थात् मुख्य दिन आज शुक्रवार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।

    विजयादशमीका दिन शुक्रबार बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

    विजयादशमीका दिन शुक्रबार दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले जानकारी दिए ।

    ‘अत्यावश्यक परेकाले देवी बिसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी बिसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी बिसर्जन गरेर टीका लगाउन हुन्छ,’ उनले भने ।

    समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले उत्तम समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आग्रह गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या नहुने बताइएको छ ।

    विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने समितिले जनाएको छ ।

    विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कंदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

    विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी ४ देवीको पूजा आराधना गरेर देवी बिसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतिक पहेंलो जमरा नै प्रयोग गर्ने गरिन्छ ।

    घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइने गरिन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउने गरेका छन् । 

    असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा बडादशैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि ९ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दूर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद शुक्रबारदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाउने गरिन्छ ।

    नवरात्रका ९ दिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरा सहितको टीका शुक्रवारदेखि ५ दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा बिसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थाप्ने गरिएको छ ।

    टीकाका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बुवाआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिने गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २ २०७७०८:३९:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend