सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यसपाली राष्ट्रपतिलगायतले दशैँको टिका कसैलाई लगाइदिन नपाउने

यसपाली राष्ट्रपतिलगायतले दशैँको टिका कसैलाई लगाइदिन नपाउने

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 5.5K
    SHARES

  • यसपाली राष्ट्रपतिलगायतले दशैँको टिका कसैलाई लगाइदिन नपाउने

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशंैमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

    तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले भने। उनका अनुसार केही दिन बाँकी रहेकाले राष्ट्रपति कार्यालयले निर्णय गर्न बाँकी छ । उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । उनले भने,– ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भीडभाड हुने टीकाको कार्यक्रम स्थगित भएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘यस्तो परिस्थितिमा यो वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको छ।’ –उनले भने। स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेपछि देशभर सबै निकाय र विशिष्ट व्यक्तिले चाडवाडमा भिडभाड गर्ने किसिमको सबै कार्यक्रम स्थगित गर्नुपर्छ ।

    तर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेरै स्थगित गर्नुपर्ने हुन्छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन्।  स्रोतका अनुसार सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ । दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।

    योवर्ष दशैंको टीका मात्र होइन ठूला पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमसमेत स्थगित हुने भएको छ । औपचारिकरुपमा निर्णय नभए पनि यो वर्षका लागि चाडवाड लक्षित चियापान कार्यक्रम स्थगित हुने सम्भावना रहेको छ । कोरोना संक्रमणको उच्च जोखिम भएको उपत्यकामा चाडवाड र अन्य अवस्थामा भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न मापदण्ड नै जारी गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डमा धार्मिकस्थलमा २५ जनाभन्दा माथि भेला हुन पाइनेछैन । अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट गर्नुपर्ने, देवीदेवताका मूर्ति र धेरै व्यक्तिले प्रयोगमा ल्याउने वस्तुहरु नछुने, सार्वजनिकस्थलमा जथाभावी नथुक्ने, पैसाको कारोबार गर्दा सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गर्ने र उच्च जोखिम वर्गका व्यक्ति घरपरिवारबाहेक बाहिरका व्यक्ति सहभागी हुने भेलामा सहभागी नहुने गरी सात बुँदे मापदण्ड सार्वजनिक गरेको छ ।

    त्यस्तै कार्यक्रम आयोजना गर्दा आयोजकले भिडभाड व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा मापदण्डसहित तालिम प्राप्त कर्मचारी तथा स्वयंसेवक परिचालन गर्ने, हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा सेनिटाइजरको उपलब्धता अनिवार्य मिलाउने, कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुईपटक निसंक्रमीकरण गर्ने, कार्यक्रमको अवधि सकेसम्म छोटो राख्ने, कार्यक्रमस्थलमा कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री अनिवार्य टाँस्ने, भौतिक दूरी कायम गर्न सांकेतिक चिह्नको प्रयोग गर्नुपर्नेछ ।

    त्यस्तै कार्यक्रमस्थलको प्रवेशद्वारमा थर्मोमिटरले तापक्रम जाँच गर्ने, स्थानीय तहमा रहेका स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनस्वास्थ्य मापदण्डको पालना हुने गरी उचित प्रबन्ध मिलाउने, फोहोर फल्नका लागि बिर्को भएका फोहोरदानीको पर्याप्त व्यवस्था मिलाउने र सकेसम्म प्रसाद तथा टीका वितरण नगर्नेलगायत १० बुँदे मापदण्ड सार्वजनिक गरेको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक ८ २०७७०१:३०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend