सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गृहबाट देशव्यापीरुपमा आयो कडा निर्देशन, यो पालीको दशैंमा खलबल

गृहबाट देशव्यापीरुपमा आयो कडा निर्देशन, यो पालीको दशैंमा खलबल

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 5.8K
    SHARES

  • गृहबाट देशव्यापीरुपमा आयो कडा निर्देशन, यो पालीको दशैंमा खलबल

    काठमाडौं- देशभर बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै गृहमन्त्रालयले देशभरका ७५ ओटै जिल्लालाई कडा दिर्नेशन दिएको छ । गृहले दशैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको हो । 

    मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सहसचिव चक्र बहादुर बुढाले बताए । गृहले कडा निर्देशन दिएसँगै कोरोनाको माहामारी समेत रकेका कारण यस पटकको दशैं खल्लो हुने अनुमान गरिएको छ ।

    दशैंमा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण बढने खतरा रहेकोले गृहले यस्तो कदम चालेको हो ।

    ‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ । त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’ प्रवक्ता बुढाले भने, ‘भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं ।’

    यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो । गृहको यो परिपत्रपछि अव देशभरका कुनैपनि शक्तिपीठहरु खुल्ला हुने छैनन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend