काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुबाट टीकाको साइत बारे माग आएसँगै समितिले बिहीबार यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो ।
असोज २० गते बसेको समितिको बैठकले विभिन्न देशमा स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गर्ने निर्णय गरेको थियो । साेही अनुसार, समितिले नेपालमा अक्टोर २६ अर्थात कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा टीकाको साइत उत्तम रहेको जनाएको छ ।
त्यस्तै भारतमा सोही दिन दिन बिहान १० बजेर ३५ मिनेट, अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ मा ११ बजेर ५ मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरमा ९ बजेर ९३ मिनेट र सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउने साइत निकालेको छ ।
हेर्नुहोस् कुन देशमा कति बजे ?

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।