काठमाडौं । विभिन्न मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनदेखि नै दशैँको विदा दिन सरकारलाई आग्रह गरेका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन सुझाब दिएका हुन्।
प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाइसमेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका हुन्। लामो विदा हुँदा मानिसहरुको चलहपहल कम हुने र कोरोना नियन्त्रण हुने विश्वास सचिवहरुको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।