काठमाडौं- सरकारले पहिलो पटक दशैंका लागि खसीबोकाको मासुको आधिकारीक मुल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५ सय ६० रुपैयाँ तोकेको हो ।
दाङ र मकवानपुरको मकवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।
निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । प्रतिकिलो रु ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।