मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कांग्रेसप्रति देशभर आकर्षण बढ्दै, ओखलढुंगामा नेकपाका शक्तिशाली नेताको टोली प्रवेश

कांग्रेसप्रति देशभर आकर्षण बढ्दै, ओखलढुंगामा नेकपाका शक्तिशाली नेताको टोली प्रवेश

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 9.9K
    SHARES

  • कांग्रेसप्रति देशभर आकर्षण बढ्दै, ओखलढुंगामा नेकपाका शक्तिशाली नेताको टोली प्रवेश

    काठमाडौँ-  देशभर नेपाली कांग्रेसप्रति आकर्षण बढेको छ । वैशाखमा आमनिर्वाचन हुने चर्चासँगै विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेशको लहर चलेको छ ।

    यसैक्रममा ओखलढुंंगा लिखु गाउँपालिका–२ हुलाक चौरमा आयोजित कार्यक्रममा नेकपाका शक्तिशाली नेताहरूको टोली कांग्रेस प्रवेश गरेको छ । ओखलढुंगा प्रदेश क्षेत्र–२ सांसद मोहन खड्काका दाजु चन्द्रबहादुर खड्कासहित ३७ जना कांग्रेस प्रवेश गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद तथा कांग्रेससका प्रभावशाली युवा नेता रामहरि खतिवडाले आफैले भोट नहालेकाले गत चुनावमा कांग्रेस हारेको बताए । ‘गठबन्धनको नाममा दुई तिहाइको सरकार नजिक भएर पनि कम्युनिस्टले तीन वर्ष पनि राम्ररी सरकार चलाउन सकेनन्, अहिले एकले अर्कोलाई भ्रष्टाचारी, हत्यारा भन्दै उफ्रिराछन,’ खतिवडाले भने, ‘राणा र राजा फालेर देशलाई संविधान दिएको कांग्रेसले देशलाई अब सही बाटोमा हिँडाउनेछ ।’

    जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको खतिवडाले बताए । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ,’ खतिवडाले भने, ‘‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’

    नवप्रवेशी चन्द्रबहादुर खड्काले कम्युनिस्टले राज्य चलाउँदा अराजकतासँग दिक्क भएर नेपाली कांग्रेस प्रवेश गरेको बताए । कांग्रेस जिल्ला पार्टी सभापति प्रदिपकुमार सुनुवारले कम्युनिस्टहरु जालझेल गर्न सिपालु भएकोले ढाटेर झेली गरेर जितेको आरोप लगाए ।

    okhaldhunga (2).jpg

    okhaldhunga (3).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३ २०७८०९:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend