सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

केपी ओलीलाई खतिवडाको चेतावनी : मन्त्रालय टुक्र्याएर भर्ती केन्द्र नबनाइयोस्

केपी ओलीलाई खतिवडाको चेतावनी : मन्त्रालय टुक्र्याएर भर्ती केन्द्र नबनाइयोस्

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 4.1K
    SHARES

  • केपी ओलीलाई खतिवडाको चेतावनी : मन्त्रालय टुक्र्याएर भर्ती केन्द्र नबनाइयोस्

    काठमाडौं - नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना महामारीका बेला मन्त्रालय टुक्र्याएर कार्यकर्ता भर्ती केन्द्र नबनाउन ओली सरकारलाई चेतावनी दिएका छन्। खतिवडाले बिहीबार ट्वीट गर्दै मन्त्रालय टुक्र्याएर मन्त्री थप्ने खड्गप्रसाद ओली र पुष्पकमल दाहालको विरोध गरे ।

    उनले कोरोनाबाट समस्यामा परेका जनताको जीवन बचाउन अनुरोध गरेका छन् । ‘सरकार १ यो समय मन्त्रालय टुक्राटुक्रा बनाउने होइन । समय हो डा।गोबिन्द केसीका माग सम्बोधन गर्ने, कोरोनाबाट जनता बचाउने किसान मजदुरलाई राहत दिने तर, सरकार मन्त्री बनाउनेतर्फ र पार्टीका कार्यकर्तालाई तलब ब्याबस्था गर्न ब्यस्त छ ।

    उल्टो बाटोमा सरकार हिंड्न लाग्यो ।’ कांग्रेसका युवा नेता खतिवडाले नेपाल एयरलाइन्स डुबाउन मन्त्री योगेश भट्टराई नै लागेको आरोप लगाएका छन् । उनले यती समूहलाई ग्राउण्ड हेण्डलिङ दिने निर्णय नेपाल एयरलाइन्स डुबाउन खेल भएको बताए ।

    ‘नेपाल एयरलाइन्स अहिले ४० अर्ब ऋणमा छ’, उनले भने, ‘यो वर्ष मात्रै ४ अर्ब घाटामा छ । यो अहिलेसम्म बाचेको ग्राउण्ड हेण्डलिङले हो । यो पनि हिमालय एयरलाई दिन मन्त्री लागे’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘यसमा जम्मा ४ अर्बको ब्यापार हुन्छ । यो पनि यती समूहलाई दिएपछि के बाँकी रहन्छ मन्त्री जी ? यो खेल यतीलाई दिने हो कि ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३ २०७८०९:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend