सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्री गर्मी भयो की शितल निवास जानुहुन्छ : कांग्रेस नेता खतिवडा 

प्रधानमन्त्री गर्मी भयो की शितल निवास जानुहुन्छ : कांग्रेस नेता खतिवडा 

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 7.0K
    SHARES

  • प्रधानमन्त्री गर्मी भयो की शितल निवास जानुहुन्छ : कांग्रेस नेता खतिवडा 

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले देशको सबैभन्दा ठूलो भ्रष्टाचारी प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताएका छन्।

    कांग्रेसले सरकारविरुद्ध इलाममा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता खतिवडाले ओलीकै कारणले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका हुन्।  

    नेता खतिवडाले वर्तमान सरकारले जनमतको अबमूल्ययन गरेको भन्दै कम्युनिष्ट सरकारविरुद्ध आक्रोश पोखे। 

    ‘पाँच वर्ष सरकार चलाउने जिम्मा पाएको ओली सरकारले तीन वर्षमा के गर्याे ?’ उनले प्रश्न गर्दै भने,‘जनताको आँखामा छारो हाल्ने बाहेक केही काम भएन।’ 

    उनले अहिले तत्काल चुनाव हुने हो भने कम्युनिष्टहरु पत्तासाफ हुने पनि दाबी गरे। ‘अहिले चुनाव होस् कम्युनिष्ट पार्टीका ७५ प्रतिशत नेताको जमानत जफत हुन्छ’ उनले भने। 

    प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट सिंह दरबार नगएको विषयमा पनि उनले आपत्ति जनाए। ‘प्रधानमन्त्री बालुवाटारबाट सिंह दरबार जान सक्नु हुन्न। गइहाल्नु भयो भने शितल निवास जानु हुन्छ। गर्मी भयो की शितल निवास जानुहुन्छ’ उनले भने। 

    उनले नेपालको नयाँ नक्सा पुस्तकहरुमा प्रकाशन गर्न रोक लगाएकै घटनाबाट केपी ओली भारतीय एजेन्ट भएको पुष्टि हुने पनि बताए। 

    त्यस्तै खतिवडाले विदेशी माक्सबादी, लेनिनवादी भन्ने पार्टी राष्ट्रवादी कि, कांग्रेस राष्ट्रवादी भनेर जनतासँग प्रश्न पनि गरेका छन्। कांग्रेसकै कारण प्रचण्ड संसदमा छिर्न पाएको ओलीले बहुदल मानेको उनको दाबी छ।  

    ‘कांग्रेसले संविधानमा समावेशी बनायौँ तर, आज दलितको पार्टी भन्ने, जनताको पार्टी भन्ने, समावेशी पार्टी भन्ने कम्युनिष्टको सचिवालय नौ जनामा ७ जना बाहुनहरु बस्नु भएको छ। खै दलित, खै जनजाती खै समावेशी ? खै, मधेशी, खै महिला ?’ उनले भने, ‘भोट मात्रै माग्ने पार्टीलई अब बहिष्कार गर्नुपर्छ। 

    विकासका नाममा जनतालाई छारो हाल्नलाई गरिबको पार्टी भनेर भोट माग्ने अहिले भ्रष्टाचारमा लिप्त हुने कम्युनिष्टलाई अब भोट नदिन उनको अपिल छ। 
    देश चलाउने कति बदमासी छन् भनेर वालुवाटार जग्गाप्रकरण हेरे पुग्ने उनको भनाई छ।  ‘प्रत्येक घरमा विजुलीको तार, ग्याँसको सपना, पानी जहाजको ओलीको सपना खै ?’ उनले भने, ‘तीन वर्षमा प्रधानमन्त्री बालुवाटारबाट शितलनिवास जाने आउने बाहेक केही हुन सकेन।’    

    रामचन्द्र पौडेलमाथिको तनहुँमा भएको ज्याजतीको विषयमा बोल्दै उनले 
    पुल भत्काउन जान्नेहरुले हिँड्नेहरुलाई थुन्नु पुरानै संस्कार भएको भन्दै व्यंग्य गरे।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend