सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता खतिवडाको प्रश्न : माओ, लेनिनबाट उत्पादन भएका पार्टी कसरी राष्ट्रवादी ?

कांग्रेस नेता खतिवडाको प्रश्न : माओ, लेनिनबाट उत्पादन भएका पार्टी कसरी राष्ट्रवादी ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 5.9K
    SHARES

  • कांग्रेस नेता खतिवडाको प्रश्न : माओ, लेनिनबाट उत्पादन भएका पार्टी कसरी राष्ट्रवादी ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाले नेपालका कम्युनिस्ट पार्टीले जनतालाई झुक्याएर सत्ता हासिल गरेको बताएका छन् ।

    शुक्रवार नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ उदयपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खतिवडाले नेपाली राजनीतिक इतिहासको विभिन्न कालखण्डमा जनताले दिएको जिम्मेवारी नेपाली कांग्रेसले निभाएको बताए ।

    मुलुकमा राणा शासनको अन्त्यदेखि नयाँ संविधान निर्माणसम्म सबै युगान्तकारी परिवर्तन नेपाली कांग्रेसकै नेतृत्वमा भएको बताएका छन् । विदेशी विचार माओ र लेनिनलाई आदर्श मान्नेहरू नेपाली माटोमा कसरी राष्ट्रवादी हुनसक्छन् भन्दै नेता खतिवडाले प्रश्न गरे ।

    कम्युनिस्टले जस्तो बम हानेर जनता मार्ने, बिहे गराउन हिँडेको पुजारी मार्ने, पढाउन विद्यालय हिँडेको शिक्षकलाई रुखमा झुण्ड्याउने, विकासका संरचनाहरू भत्काउने, गरीबको घरमा पाकेको खोले खोसेर खाने काम कांग्रेसले कहिल्यै नगरेको उनले बताए ।

    ‘राणाहरूले जनतासँग कर उठाएर आफ्नो खल्तीमा हाल्ने पद्धतिलाई अन्त्य गर्दै जनताबाट आएको कर राज्यको ढुकुटीमा जम्मा गरेर देश र जनताकै हितमा खर्च गर्ने पद्धतिको विकास कांग्रेसले गर्‍यो,’ उनले भने, ‘कांग्रेसकै कार्यकालमा विद्यालय बने, स्वास्थ्य चौकी निर्माण भए, विश्वविद्यालयहरू निर्माण भए, जनताको घरघरमा पानी बिजुली पुग्यो । कांग्रेसले नै शुरूआत गरेको विकास निर्माणलाई हामीले गरेको भन्दै अहिलेका प्रधानमन्त्री शिलान्यास गर्दै हिँडिरहेका छन् ।’

    173416062_470692254267374_4059812563339894145_n.jpg173843983_502096414137444_6872929595842795747_n.jpg

    नेता खतिवडाले जनतालाई झुक्याउन मात्र जानेका प्रधानमन्त्री केपी शर्मा ओलिलाई रोचक दन्त्यकथाका पात्र सर्वगुण सम्पन्न ड्राइभरसँग तुलाना गर्दै भने, ‘एक जना मालिक ३२ लक्षण भएको ड्राइभरको खोजीमा थिए । धेरै जना ड्राइभर आए पनि मालिकले ३२ लक्षणयुक्त कोही भेटेनन्, यत्तिकैमा १ जना ड्राइभर मसँग ३१ लक्षण छ भन्दै मालिक कहाँ पुगेछन् । अहिलेसम्म भेटेका ड्राइभरभन्दा धेरै गुण ३१ लक्षण भएको ड्राइभर पाएपछि मालिक खुसी हुँदै ड्राइभरलाई सोधेछन्, रक्सी खान्छौ कि खादैनौ ? खान्न हजुर भनेछ । दुर्घटना त गराउँदैनौ नि ? २० वर्ष भयो गाडी चलाएको अहिलेसम्म कहीँ ठोक्काएको छैन हजुर भनेछ । तलब कति लिनुहुन्छ भन्दा जति दिनुहुन्छ त्यति लिन्छु हजुर भनेछ । मालिक खुसी हुँदै उसलाई तुरुन्तै जागिरमा राखेछ र गाडी जिम्मा लगाएछ, ड्राइभरले पहिलो दिन नै रक्सी खाएर गाडी ठोक्किएछ, भोलिपल्ट फेरि गाडीले बच्चा हानेछ । मालिकले दिक्दार हुँदै ड्राइभरलाइ भनेछन्, तिमीले ३१ लक्षण छ भनेको हैन ? किन यो सबै भइरहेको छ । ड्राइभर मुसुक्क हाँस्दै भने मैले हजुरलाई ३२ लक्षणमा एउटा लक्षण चाहिँ छैन भनेको थिए नि त्यो चाहिँ ‘म जे बोल्छु झूटो मात्र बोल्छु’ भनेछ । हो यिनै ड्राइभर हुन् केपी ओली । त्यसैले अबको चुनावमा आफ्नो विवेक प्रयोग गर्नुपर्ने भएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend