गोरखा- गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पुर्याउन सक्ने भएकाले बिक्रीमा कडाइ गरेको हो ।
चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको निमित्त प्रजिअ देवी पाण्डे खत्रीको भनाइ छ ।
प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।
त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न÷नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न भनिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।