सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

काठमाडौंका पूर्वमेयर विद्यासुन्दर पनि ठगीकाण्डमा

काठमाडौंका पूर्वमेयर विद्यासुन्दर पनि ठगीकाण्डमा

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०


  • काठमाडौंका पूर्वमेयर विद्यासुन्दर पनि ठगीकाण्डमा

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणले मै हुँ भन्ने सबैको पतलुन गिला पार्ने देखिएको छ । दिनहुँ नयाँ नयाँ नाम ठगीकाण्डमा जोडिएर आउने गरेको छ ।

    पक्राउ परेकाको बयानका आधारमा ठूल्ठूला नेता पनि यसमा जोडिएका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि शरणार्थी ठगीकाण्डमा जोडिएको तथ्य खुलेको छ ।

    images
    images

    गिरोहका सदस्य केशव दुलालले उनको नाम बयानमा पोलेका छन् । दुलालले तत्कालीन प्रधानमन्त्री केपी ओलीका पूर्वसल्लाहकार अजयक्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका मेयर शाक्यले पनि पैसा लिएको बयान दिएका छन्।

    ‘तत्कालीन प्रधानमन्त्री के।पी शर्मा ओलीका पूर्वसल्लाहकार डा.अजय क्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अन्जन शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरूको काम हुने भयो भनी डा.अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही एक करोड बुझिलिएका हुन्,’ दुलालले बयानमा भनेका छन्।

    दुलालको यो बयानपछि एमालेमा अर्को भूकम्प गएको छ । पाँच वर्षसम्म काठमाडौंको महानगर प्रमुख बन्दा सिन्को नभाँचेका शाक्य केपी ओलीकी पत्नी राधिका शाक्यका आफन्त हुन् ।

    मेयर हुँदा पनि विद्यासुन्दर महानगरको बजेट जथाभावी बाँडेर विवादित बनेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएँ भने १०१ एक काम गर्छु भनेर एजेन्डा सार्वजनिक गरेका शाक्य पाँच वर्षसम्म कतै देखिएका थिएनन् ।

    त्यसैले उनले २०७९ को निर्वाचनमा टिकट पनि पाएनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २ २०७९०९:५८:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend