बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडाैंका मेयरले मुख खोले, भन्छन्- 'निःशुल्क खाना दिए, बानी बिग्रिन्छ, काम गर्दैनन्'

काठमाडाैंका मेयरले मुख खोले, भन्छन्- 'निःशुल्क खाना दिए, बानी बिग्रिन्छ, काम गर्दैनन्'

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 5.2K
    SHARES

  • काठमाडाैंका मेयरले मुख खोले, भन्छन्- 'निःशुल्क खाना दिए, बानी बिग्रिन्छ, काम गर्दैनन्'

    काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला भोकमारीमा परेकाहरुलाई केही अभियान्ताहरुले काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा खानाखुवाउँदै आएका थिए । 

    तर, काठमाडौं महानगरपालिका केहीदिनअघिदेखि उक्त अभियानमा रोक लगाएको छ । अहिले  खुलामञ्चमा खाँना बाँड्न दिइएको छ ।

    यस विषयमा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले काम नगरी खाने प्रवृति रहेमा भोलि पनि समस्या हुने टिप्पणी गरेका छन् । उनले भने, ‘काम नगरी खाने प्रवृति भयो भने भोलि श्रम गरेर खान भन्दा पनि उनीहरुले गर्दैनन्। बानी बिग्रिन्छ’, उनले भने, ‘त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो। नसक्नेलाई व्यवस्थापन गछौँ।’

    एकै ठाउँमा भिडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बताए। महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने उनले बताए।

    लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडाहरुमार्फत भोकै कोही पर्दैन भोकले कोही मर्दै भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ। लकडाउन अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १० २०८००१:२१:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend