काठमाडौं – मेयर विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाले केही दिन महानगरले फोहर नउठाउने जानकारी दिँदै घरभित्रै राख्न सूचना गरेको छ ।
काठमाडौं उपत्यकाभित्र उत्सर्जित फोहरमैला बिसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको भएपनि बाटो बिग्रिएलाकाले जान नसकिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले सोमवार सूचना प्रकाशित गर्दै केही दिन फोहर नउठाइने जनाएको छ । ल्यान्डफिल्ड साइटको सडक बिग्रिएकाले मर्मत गर्नुपर्ने अवस्था रहेको सूचनामा जनाइएको छ ।
केही दिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रिएको छ । सूचनामा उल्लेख छ, ‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकालिदिन हुन अपिल गर्दछौं ।’
सडक मर्मत गरेपछि फोहर लिन घरदैलोमा आउने महानगरको सूचनामा उल्लेख छ । तर सडक कहिले मर्मत भइसक्ने हो र घरभित्रै कहिलेसम्म फोहर राख्नुपर्ने हो, कुनै निश्चित छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।