बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

पाँच वर्षमा एउटा सम्झनलायक काम नगर्ने विद्यासुन्दर फेरि पनि एमालेको पहिलो रोजाइमा

पाँच वर्षमा एउटा सम्झनलायक काम नगर्ने विद्यासुन्दर फेरि पनि एमालेको पहिलो रोजाइमा

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २ २०७९

  • 4.8K
    SHARES

  • पाँच वर्षमा एउटा सम्झनलायक काम नगर्ने विद्यासुन्दर फेरि पनि एमालेको पहिलो रोजाइमा

    काठमाडौं - अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा एक सय एक नारा अघि सारेर विजयी भएका विद्यासुन्दर शाक्य फेरि पनि एमालेको पहिलो रोजाइमा परेका छन् ।

    पाँच वर्षे कार्यकालमा आफूले घोषणा गरेका एउटा पनि प्रतिबद्धता पूरा नगरेका शाक्यलाई एमाले काठमाडौं महानगर कमिटीले फेरि पनि मेयरमा सिफारिस गरेको छ ।

    पाँच वर्षअघि शाक्यले काठमाडौं सफा सुन्दर बनाउने, मेट्रो र मोनो रेल कुदाउने, स्मार्ट सिटी बनाउने जस्ता प्रतिबद्धता जनाएका थिए । तर, उनको कार्यकालमा एउटै पनि बाचा पूरा भएन ।

    कतिसम्म भने पाँच वर्षे कार्यकालमा उनले महानगरको आफ्नै कार्यालयसमेत बनाउन सकेनन् । भाडाकै घरबाट महानगर चलाइरहेका छन् । एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यको आफन्त भएकाले पनि विद्यासुन्दर फेरि पनि महानगरको मेयरमा सिफारिस भएका हुन् । एमाले स्रोतका अनुसार शाक्य माइग्रेनका बिरामी हुन् ।

    उनी बाहिर निस्कन त्यति मन पराउँदैनन् । उनी धेरैजसो समय घरमै आराम गरेर बस्ने गरेकाले पनि उनको पाँच वर्षे कार्यकाल शून्यमै बितेको एमाले नेता कार्यकर्ता नै बताउँछन् ।

    उनले जुन जुन क्षेत्रमा हात हाले, ती सबैमा उनी विवादमा समेत आएका थिए । शाक्यसँगै संघीय सांसद रामवीर मानन्धर, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम मेयरमा सिफारिस भएको छ ।

    मानन्धर पूर्वराज्यमन्त्रीसमेत हुन् । शाक्य एमाले काठमाडौंका पूर्वअध्यक्ष, स्थापित पूर्वमेयर तथा प्रदेश सभा सांसद देउला महानगर कमिटीका अध्यक्ष हुन् ।

    पन्त प्रदेश कमिटी सदस्य तथा उद्यमी महिला नेत्री हुन् । एमालेले ३२ वटै वडामा वडाध्यक्ष र सदस्यहरूको नाम पनि सिफारिस गरेको छ । वडाको उम्मेदवार जिल्ला कमिटी र महानगरको मेयर र उपमेयरको नाम केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ ।

    एमालेले काठमाडौंको दशओटै नगरपालिकामा मेयर र उपमेयर तथा वडाका उम्मेदवारहरूको छनोट प्रक्रिया अगाडि बढाइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend