बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

  • मिडिया डबली
  • सोमवार, मंसिर १८ २०८०

  • 2.6K
    SHARES

  • चीनबाट अर्को महामारी संसारभर फैलिँदै

    काठमाडौं - केही दिनयता चीनमा श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया फैलिएको छ ।

    यसलाई सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । यो रहस्यमय निमोनियालाई ‘ह्वाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ ।

    ह्वाइट लङ सिन्ड्रोमबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ ।

    जसकारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ, तर पछि गम्भीर हुन सक्छ। छिमेकी देश भारतमा पनि यो रोगबारे अलर्ट जारी गरिएको छ ।

    यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ। यो रोग कसरी सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

    कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् ।

    यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । तर, अहिलेसम्म चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन। अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् ।

    चीनपछि अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिकाबाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन्। चार वर्षअघि चीनको बुहान सहरबाट कोरोना भाइरस महामारी संसारभर फैलिएको थियो ।

    जसकारण विश्व नै दुई तीन वर्षसम्म लकडाउनमा परेको थियो । लाखौं मानिसको मृत्यु र करोडौं मानिस विरामी बनेका थिए ।

    चीनले भने आफ्नो देशमा पाँच हजारको मात्र मृत्यु भएको दाबी गरेको थियो । विश्वले खर्बौं बराबरको क्षति बेहोरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend