श्रीलंकाले कुनै पनि कुटनीतिक हिसाबमा भातरलाई पहिलो चरणमा राखेर मात्रै कदम चाल्ने बताएको छ । विदेशमन्त्री जयानाथ कोलोम्बेजले सोमबार श्रीलंकाको टिभी च्यानलमा कुरा गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति गोटाबाया राजपक्षेले भनेकि, कुनै पसिन कुनै पनि सुरक्षा सम्बन्धी रणनीतिका पक्षमा पहिले भारतको फाइदा हेरिने छ, हामी भारतका लागि हुनसक्ने सुरक्षा खतराका रणनीतिहरु अपनाउँने छैनौं, उनले भनेका छन् ।
त्यस्तै विदेश सचिवले ९९ वर्षका लागि श्रीलंकाको बन्दरगाह चीनलाई लिजमा दिनु गल्ती भएको बताएका छन् । विदेशमन्त्री एस जयशंकरले हालै श्रीलंकाली विदेशमन्त्री दिनेश गुणवारनेसँग भेट गरेका थिए ।
पछिल्लो समय श्रीलंकाले भारतभन्दा चीनसँग सम्बन्ध बढाउँदै लगेको छ भन्ने कुरालाई विदेशमन्त्रीको टिप्पणीले प्रश्न उठाइदिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।