चीनको खराब किटका कारण स्वस्थ मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्विडेनमा ३ हजार ७ सय मानिसहरुलाई गलत नतिजा आउँदा कोरोना परीक्षणमा पोजेटिभ देखाएको हो । चिनियाँ किट प्रयोग गर्दा पोजेटिभ देखिएका उनीहरुमा वास्तममा कोरोना भाइरसको संक्रमण नै नभएको पुष्टि भएको हो ।
दीजाकर्तापोष्टका अनुसार चीनबाट मगाइएक पीसीआर किट खराब रहेको र सबैको रिपोर्ट पोजिटिभ देखाएको हो।
उक्त किट चिनियाँ कम्पनी बीजीआई जिनोमेक्सबाट स्विडेनमा मगाइएको थियो। बीजीआई जिनोमेक्सजुन कम्पनीले अधिकांश देशहरूमा कोरोना यस्ता किटहरू पठाउने गर्दछ ।
उक्त किटबाट परीक्षण गरिएको व्यक्तिहरूमा कुनै लक्षणहरू थिएनन्, तर रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई लक्षणबिनाका बिरामीहरूका रूपमा उपचार गर्न थालिएको थियो। स्वीडेनले सरकारले भन्यो, ’टेस्ट किटले कोरोना जस्ता लक्षणहरू भएका सबैको रिपोर्ट पोजिटिभ देखाइरहेको छ।
प्रत्येक व्यक्ति जसको रिपोर्ट पोजिटिभ आएको थियो उनीहरुलाई ज्वरो वा चिसो लागेको थियो, जबकि उनीहरुलाई ज्वोरो वा चिसो लाग्नुको कारण अन्य केहि कारणहरु थिए ।’
यसरी गलत नतिजाले त्यहाँ नक्कली संक्रमितको संख्या बढाइदिएको थियो । स्विडेनमा पछिल्ला दिनहरुमा संक्रमण न्युन हुँदै गएको छ । संक्रमण कम हुँदै गएपछि त्यहाँ लकडाउन खुकुलो पार्ने रणनीतिहरु अघि सारिन लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।