आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

के अमेरिकासँग चीन डराएकै हो? किन दिइयो अमेरिकी विमान माथि पहिलो आक्रमण नगर्न निर्देशन? 

के अमेरिकासँग चीन डराएकै हो? किन दिइयो अमेरिकी विमान माथि पहिलो आक्रमण नगर्न निर्देशन? 

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 18.1K
    SHARES

  • के अमेरिकासँग चीन डराएकै हो? किन दिइयो अमेरिकी विमान माथि पहिलो आक्रमण नगर्न निर्देशन? 

    काठमाडौं– चीन अमेरिकाबी पछिल्लो समय तनाव बढ्दै गएको छ। सोही तनावका बीच  चीनले दक्षिण चीन सागरमा खटिएका आफ्ना सैनिकलाई अमेरिकी विमान तथा जहाजमाथि पहिलो आक्रमण नगर्न निर्देशन दिएको छ।

    नचिताएको सैन्य मुठभेड हुनसक्ने आकलन गरी चिनियाँ जनमुक्ति सेनाले आफ्ना सैनिकहरुलाई यस्तो आदेश दिएको साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उल्लेख गर्दै जनाएको छ।

    पोस्टका अनुसार बेइजिङले आफ्ना पाइलट तथा नौसैनिक अधिकारीहरुलाई अमेरिकी विमान तथा जहाजसँग हुने जम्काभेटमा संयमता अपनाउन निर्देशन दिएको हो।

    गत महिना अमेरिकाले एकै पटक दुई वटा विमानवाहक जहाज दक्षिण चीन सागरमा पठाएपछि चीनले पनि सैन्य गतिविधिमा वृद्धि गरेको छ।

    ‘गोली चलाउने आदेश दिन सजिलो छ। तर, त्यसको परिणाम जे हुन्छ, त्यसलाई रोक्न न चीन न अमेरिकाले नै सक्नेछ। अहिलेको अवस्था निकै तनावपूर्ण र निकै खतरनाक छ,’ चिनियाँ सेनाको स्रोतले भनेको छ।

    गतसाता अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरुबीच भएको फोनवार्तामा पनि चीनले आफूले पहिले आक्रमण नगर्ने सन्देश दिएको बताइएको छ।

    सन् २००१ मा हाइनानमा चिनियाँ विमान र अमेरिकी जासुसी विमान ठोक्किएको थियो। सो घटनामा एक चिनियाँ पाइलट मारिएका थिए भने अमेरिकी विमान हाइनानमै आपतकालीन अवतरण गर्न बाध्य भएको थियो। त्यसपछि २४ अमेरिकी सैनिकलाई चीनले नियन्त्रणमा लिएको थियो र पछि वार्तापछि छाडिएको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०८:३८:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend