चीनले दक्षिण चीन सागरमा दुई वटा मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी जासुसी विमानउत्तरी किनाराको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेको एक दिनपछि चिनियाँ सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो।
एउटा डीएफ–२६बी क्षेप्यास्त्र उत्तरपश्चिमी प्रान्त छिङहाइबाट प्रहार गरिएको थियो। त्यस्तै अर्को डीएफ–२१डी क्षेप्यास्त्र पूर्वको झेजियाङ प्रान्तबाट प्रहार गरिएको जनमुक्ति सेना स्रोतले जनाएको छ।
दुवै क्षेप्यास्त्र हाइनान प्रान्तको दक्षिणपूर्वी समुद्रमा प्रहार गरिएको थियो। डीएफ–२६ क्षेप्यास्त्रले ४ हजार किलोमिटरसम्म मार हान्न सक्छ। यो आणविक र गैरआणविक दुवै आक्रमणमा प्रयोग हुन्छ।
डीएफ–२१ क्षेप्यास्त्रले १८ सय किलोमिटरसम्म निसाना लगाउन सक्छ। यो विश्वको पहिलो एन्टीसिप ब्यालिस्टिक क्षेप्यास्त्र भएको जनाइएको छ।
‘चिनियाँ विमान र सैन्य जहाज बारम्बार आएर जोखिम बढाएपछि त्यसको जवाफमा क्षेप्यास्त्र प्रहार गरिएको हो,’ स्रोतलाई उल्लेख गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ, ‘छिमेकी मुलुकहरुले बेइजिङको उदेश्यलाई गलत तरिकाले नबुझून्।’एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।