बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कुर्सी संकटमा परेपछि हारगुहार गर्न काठमाडौं आइपुगे कोशीका मुख्यमन्त्री

कुर्सी संकटमा परेपछि हारगुहार गर्न काठमाडौं आइपुगे कोशीका मुख्यमन्त्री

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १९ २०८०

  • 2.5K
    SHARES

  • कुर्सी संकटमा परेपछि हारगुहार गर्न काठमाडौं आइपुगे कोशीका मुख्यमन्त्री

    काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कुर्सी धरापमा परेको छ ।

    असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले १९ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

    त्यस दिन शनिबार परेकोले शुक्रबार नै प्रदेश सभाबाट विश्वासको मत लिने उनले तयारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभामा दर्ता गराउन भने बाँकी छ ।

    यसअघि मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक रहेको भन्दै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो । त्यसको भोलिपल्ट एमालेका कार्की मुख्यमन्त्री बनेका हुन् । .

    प्रदेश सभामा एमालेको ४० मत छ । उपसभामुखलाई आफ्नो कर्तव्य निभाउन सर्वोच्चले आदेश नै दिइसकेकाले अबको बैठकको सभाध्यक्ष सिर्जना दनुवारले नै गर्नुपर्ने हुन्छ । उनी एमालेकी सांसद हुन् ।

    यदि दनुवारले सभाध्यक्षको भूमिका निभाएमा एमालेको मत ३९ मा झर्नेछ । सोही कारण मुख्यमन्त्री कार्की काठमाडौं आइपुगेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीसँग विश्वासको मत लिने बेला के गर्ने भन्ने छलफल गर्ने भएका छन् । एमालेका मुख्यमन्त्री कार्कीलाई राप्रपाले समेत मत दिने नदिने निश्चित छैन ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा मंगलबार कोशी प्रदेशमा राप्रपाले के गर्दा हुन्छ भनेर सुझाव लिएका छन् । उनी हाल कतारमा छन् । राप्रपाको प्रदेश सभामा ६ सांसद छन् । एमाले र राप्रपाको मतले पनि बहुमत पुग्दैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २४ २०८०१०:५६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend