बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोसी सरकारबाट बाहिरिने माओवादी निर्णय, एमालेका मुख्यमन्त्री कार्की अल्पमतमा

कोसी सरकारबाट बाहिरिने माओवादी निर्णय, एमालेका मुख्यमन्त्री कार्की अल्पमतमा

  • मिडिया डबली
  • मंगलवार, जेठ २३ २०८०

  • 4.0K
    SHARES

  • कोसी सरकारबाट बाहिरिने माओवादी निर्णय, एमालेका मुख्यमन्त्री कार्की अल्पमतमा

    काठमाडौं - माओवादीले कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि सरकार छाड्ने निर्णय गरेको हो ।

    बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले बताएका छन् ।

    माओवादीको यो निर्णयसँगै एमालेका मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा पर्ने भएका छन् । कांग्रेस, एकीकृत समाजवादीले माओवादी र जसपालाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् ।

    केही दिनअगाडि सरकारमा सहभागी जसपासमेत सरकारबाट बाहिरिएको थियो । अब मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

    एमालेलाई राप्रपाले साथ दिएमा दुवैतिर ४६÷४६ जना सांसद हुनेछन् । तर राप्रपाले मुख्यमन्त्रीको दाबी गरेकाले अहिलेसम्म कुनै सहमति हुनसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १९ २०८००५:५३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend