काठमाडौं - एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार पनि संकटमा परेको छ ।
माओवादीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिन निर्देशन दिएको छ ।
माओवादीको सचिवालय बैठकले कोसी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको हो ।
नेपाली कांग्रेसले औपचारिक रूपमै केही दिनअघि माओवादीलाई एमाले नेतृत्वको सरकारलाई दिएको फिर्ता गर्न पत्र पठाएको थियो । तर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
एमाले नेतृत्वको सरकारमा माओवादी पनि सहभागी छ । संघमा कांग्रेससहितको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । संघमा एउटा गठबन्धन भएको र प्रदेशमा अर्कैसँग गठबन्धन भएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
सरकारबारे महत्वपूर्ण निर्णय लिन माओवादी कोसी प्रदेश संसदीय दलको बैठक सामेबार ३ बजेलाई बोलाइएको छ । यसअघि जसपाकी एक मात्र सांसद निर्मला लिम्बू प्रदेश सरकारबाट बाहिरिएको थियो ।
यदि माओवादीले समर्थन फिर्ता लिएमा एमाले सरकार अल्पमतमा पर्ने छ । मुख्यमन्त्री कार्कीले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला राप्रपा तठस्थ बस्ने भएको छ । राप्रपाले आफ्नो दललाई मुख्यमन्त्री दिए एमालेलाई नबोक्ने प्रस्ताव राखिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।