धनगढी - नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
लामो समयदेखि धनगढीमा स्वास्थ्य सेवामा सक्रिय मिश्रले आफ्नो चिकित्सकीय अनुभव र स्वास्थ्य क्षेत्रको विशेषज्ञतालाई पार्टीको नीति निर्माणसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। नेपाल चिकित्सक संघ सुदूरपश्चिमका पूर्वसचिव तथा पूर्वअध्यक्षसमेत रहेका मिश्रले नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य क्षेत्रका विद्यमान चुनौती समाधान गर्न विज्ञहरूको अनुभव र सुझावलाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा समेट्नुपर्ने उनको धारणा छ।
मिश्रले चिकित्सकसँगै बुद्धिजीवी, इन्जिनियर तथा विभिन्न पेसागत क्षेत्रका विज्ञहरूको आवाजलाई पार्टीको नीति निर्माणमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। पेसागत दक्षता र अनुभवलाई राजनीतिक निर्णय प्रक्रियासँग जोड्दै जनमुखी नीति निर्माणमा योगदान गर्ने उनको लक्ष्य रहेको छ। गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।