काठमाडौं - पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् ।
आज साढे १ बजे बस्ने भेलामा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।
बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्नेछ । शेखरले इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् ।
तर प्रदिप पौडेल उक्त कार्यक्रममा सहभागी नहुने मिडिया डबलीलाई बताए। उनले मिडिया डबलीसंग कुरा गर्दै आफ्नो भ्याली बाहिरको कार्यक्रम पहिला नै तयारि भएको र उक्त कार्यक्रममा जान एरपोर्टमा रहेको जानकारी दिए ।
महामन्त्री शर्मा पनि बैठकमा सहभागी नहुने भएका छन् । महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनको अडान छ ।
कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।