काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता कांग्रेसका लागि प्यारो नभएको बताएका छन् ।
४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस तनहुँले बिहीबार आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले सरकारले चुनाव नचाहेको आरोप लगाउँदै संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्त गर्ने मात्रै नभई प्रतिनिधिसभा विघटन गरेर सरकारले गलत काम गरेको आरोप लगाए ।
आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले हार्दिकता र एकता कायम गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । जिल्ला सभापति वैकुण्ठ न्यौपानेले पद्धतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले सङ्कट निम्त्याउने बताए ।
कार्यक्रममा पार्टीका सचिव विश्व बाँस्तोला, समन्वय समितिका उपप्रमुख पवित्रा पौडेललगायतले जननायक बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।