बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल

उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल

  • मिडिया डबली
  • सोमवार, जेठ ९ २०७९

  • 3.4K
    SHARES

  • उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल

    काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्।

    खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाव दिएका हुन्।

    ‘वर्षौँदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ’, उनले भनेका छन्, ‘१६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो। अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’

    उनका अनुसार नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

    यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौँ। अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ।’

    अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै उनले साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्नेमा जोड दिएका छन्।

    ‘ता कि उत्पादनशील क्षेत्रमा तत्कालै पुँजीगत लगानी होस्। खर्च बढी गरेर नै भए पनि पूँजी बनाउने र उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्न अबको बजेट लक्षित हुनुपर्छ’, उनले भनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ६ २०७९०२:२५:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend