काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या आएर बिहीवार पीसीआर परीक्षण गर्दा पौडेललाई कोरोना संक्रमण देखिएको छ ।
पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन् ।
कांग्रेस नेता पौडेल आगामी १४औं महाधिवेशनमा महामन्त्री पदका आकांक्षी हुन् । क्रियाशील सदस्यता छानबिन समिति सदस्य रहेका पौडेलले केही दिनभित्रै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।