काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता प्रदीप पौडेलले पार्टीमा नयाँ जिम्मेवारी पाएका छन् ।
कांग्रेसभित्र महाधिवेशनको तयारीलाई निष्कर्षमा पुर्याउन गठित क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्ताको जिम्मेवारी नेता प्रदीप पौडेलले पाएका छन् ।
समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको समितिका सचिव केशव रिजालले बताएका छन् ।
समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यताका विवादमा छानविन गरिरहेको छ । ७ सदस्यीय समितिमा संयोजक लेखकसहित सदस्यहरू पौडेल, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियारले काम गरिरहेका छन् ।
असार २० गतेसम्म सदस्यता छानविन टुंग्याउन समय पाएको समितिले आईतवारसम्म ३० जिल्लाको काम मात्रै सम्पन्न गरेको छ । सदस्यता छानविनमा ढिलाइ हुँदा पार्टी महाधिवेशन सर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।