बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

मध्यमार्गी नेता नेम्वाङको अन्तिम बिदाइमा एमाले, कसले पूरा गर्ला रिक्तता ?

मध्यमार्गी नेता नेम्वाङको अन्तिम बिदाइमा एमाले, कसले पूरा गर्ला रिक्तता ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र २८ २०८०

  • 2.2K
    SHARES

  • मध्यमार्गी नेता नेम्वाङको अन्तिम बिदाइमा एमाले, कसले पूरा गर्ला रिक्तता ?

    काठमाडौं - संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरु भएको छ ।

    बालुवाटारस्थित निवासबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

    आफ्ना दुवै छोरा विदेशमा भएकाले नेम्वाङको तीन दिनपछि अन्त्येष्टि हुन लागेको हो । उनका कान्छा छोरा सुहाङ अस्ट्रेलिया र जेठा छोरा मेङ्सो बेलायतमा थिए ।

    आफू राजनीतिमा लागे पनि नेम्वाङले दुवै छोरा र छोरीलाई राजनीतिबाट धेरै टाढा राखेका थिए । एमालेमा मात्र होइन, नेपालको राजनीतिमै नेम्वाङलाई मध्यमार्गी राजनीतिज्ञ भनेर चिनिन्थ्यो ।

    अब एमालेमा नेम्वाङको रिक्तता कसले पूरा गर्ला भन्ने चासो सर्वत्र देखिएको छ । कानुन व्यवसायी हुँदै मन्त्री, सभामुख र पार्टीको शीर्ष नेता बन्न सफल नेम्वाङ एमालेको बौद्धिक नेता थिए ।

    एमालेलाई कानुनी र अन्य विषयमा उनले पार्टी नेतृत्वलाई सल्लाह र सुझाव दिँदै आएका थिए । अब उनको त्यो कमी एमालेमा देखिने पक्का छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २४ २०७७०९:५८:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend