सोमवार, मंसिर ८ २०८३Nov 23 2026

Logo
images images

नेपाल–भारत व्यापार मञ्च सम्पन्न, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड

नेपाल–भारत व्यापार मञ्च सम्पन्न, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०८३

  • 654
    SHARES

  • नेपाल–भारत व्यापार मञ्च सम्पन्न, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड

    काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च अधिकारीहरूले व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारमा जोड दिएका छन् ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायत सहभागी थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उनले भारतको यातायात र सूचना प्रविधि क्षेत्रको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए । उनले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगमा लगानी विस्तार गर्न आग्रह गरे ।

    भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीलगायत पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा दुवै देशका व्यवसायीले लगानीका सम्भावनाबारे धारणा राखेका थिए भने विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारीपत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ८ २०८३११:४४:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend