सोमवार, मंसिर ८ २०८३Nov 23 2026

Logo
images images

बाढीपीडितको पीडा बुझ्न रसुवा पुगे गगन थापा, सरकारलाई खबरदारी गर्ने कांग्रेसको तयारी

बाढीपीडितको पीडा बुझ्न रसुवा पुगे गगन थापा, सरकारलाई खबरदारी गर्ने कांग्रेसको तयारी

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०८३

  • 627
    SHARES

  • बाढीपीडितको पीडा बुझ्न रसुवा पुगे गगन थापा, सरकारलाई खबरदारी गर्ने कांग्रेसको तयारी

    काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढीपीडितको अवस्था बुझ्न रसुवा पुगेका छन् । थापासहित कांग्रेसका नेताहरूले आइतबार बेत्रावतीमा बाढीपीडितसँग भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएका छन् ।

    कांग्रेसले रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितको अवस्था समेटिएको प्रतिवेदन तयार पार्ने भएको छ । प्रतिवेदनका आधारमा पीडितलाई सम्भव सहयोग गर्ने र पुनर्स्थापना तथा राहतका विषयमा सरकारलाई खबरदारी गर्ने पार्टीको तयारी छ ।

    बाढीपीडितले स्थायी बसोबासको व्यवस्था हुन नसकेको भन्दै गुनासो गरेका छन् । बाढीले पुराना घरमा बस्न नसक्ने अवस्था सिर्जना भएकाले सरकारले जग्गा खरिद गरेर भए पनि सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

    सभापति थापाले पीडितका समस्या ठाउँअनुसार फरक रहेको उल्लेख गर्दै पुनर्स्थापना र सडक निर्माणको काम सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend