शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, सुकुमबासी पुनर्वासको विषयमा सरकारको निर्णयप्रति आपत्ति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, सुकुमबासी पुनर्वासको विषयमा सरकारको निर्णयप्रति आपत्ति

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 114
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, सुकुमबासी पुनर्वासको विषयमा सरकारको निर्णयप्रति आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। मंसिर ८ गतेदेखि जारी बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्न लागेको कांग्रेसले जनाएको छ।

    बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले धारणा राख्ने क्रम जारी छ। बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्।

    यसैबीच, कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रयस्थलबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

    कांग्रेसले यस्तो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गर्दै होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

    साथै, विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्नु राज्यको दायित्व भएको कांग्रेसको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०६:५८:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend