नयाँ दिल्ली (भारत) । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ ।
सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । समारोहमा भारतीय सेनाको टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको हो ।
सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो । सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।