शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 81
    SHARES

  • साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

    काठमाडौं – साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ ।

    मन्त्रालयले घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मृतकको नाम र ठेगानाबारे भने मन्त्रालयले खुलाएको छैन ।

    मन्त्रालयले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने धारणा व्यक्त गरेको छ । विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई नेपालले आग्रह गरेको छ ।

    यसअघि नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एउटा टावरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो । आक्रमणमा नेपाली नागरिकको समेत मृत्यु भएपछि घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०५:३१:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend