बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

संसद विघटनबारे किन बोल्दैनन् सुवासचन्द्र नेम्वाङ ? यस्तो रहेछ भित्रि रहस्य !

संसद विघटनबारे किन बोल्दैनन् सुवासचन्द्र नेम्वाङ ? यस्तो रहेछ भित्रि रहस्य !

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 7.2K
    SHARES

  • संसद विघटनबारे किन बोल्दैनन् सुवासचन्द्र नेम्वाङ ? यस्तो रहेछ भित्रि रहस्य !

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गर्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयबारे तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले केही नबोलेपछि सर्वत्र आलोचना भइरहेको छ ।

    आँखिर नेम्वाङ किन मौन छन् ? नेम्वाङले २ वर्षअघि बोलेको कुराको भिडियो अहिले भाइरल भइरहेको छ ।

    काभ्रेको धुलिखेलमा पत्रकारहरूसँग उतिबेला नेम्वाङले प्रधानमन्त्रीले चाहँदैमा संसद् विघटन नहुने अभिव्यक्ति दिएको सुन्न सकिन्छ । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई चौतर्फी दबाब परेको छ । तर उनी खुलेरै बोल्न चाहिरहेका छैनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता भएकाले उनले बोल्न अप्ठ्यारो परेको कतिपयले अनुमान गर्छन् । तर नेम्वाङले यसबारे नबोल्नुको भित्रि रहस्य बताएका छन् ।

    नेता नेम्वाङले संसद् विघटनबारे नबोल्नुको संवैधानिक कारण रहेको बताएका छन् । ‘मैले २ वर्ष अगाडि पत्रकारहरुलाई भनेको जुन विषय छ, त्यसबारे अहिले नबोल्नुमा मेरो सैद्धान्तिक मान्यता कारण हो,’ उनले भनेका छन् ।

    नेता नेम्वाङले संसद विघटनका विषयमा बोल्ने समय आउने बताएका छन् । ‘संसद् विघटनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले मैले टिप्पणी गर्न मिल्दैन, बोल्न सुहाउँदैन । म नबोल्नुको कारण यो हो । मेरो सैद्धान्तिक मान्यता पनि हो,’ नेम्वाङले भने, ‘सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट यस विषयमा जे–जे सोध्नुहुन्छ । जम्मै कुरा बोल्छु ।’

    अदालतको फैसला आउनुअघि नै संसद् विघटन संवैधानिक थियो वा थिएन भन्नेबारे आफू नबोल्ने नेम्वाङले बताए । ‘मलाई विश्वास छ, यो विषय सर्वोच्च अदालतले टुंगो लगाउँछ । त्यसैले त्यो विषयमा म बोल्दिनँ अहिले । संविधानले नै मलाई त्यो निर्देशन गरेको छ,’ उनले भने ।

    संविधान सभाबाट संविधान बनाउँदा नेम्वाङ २ पटक नै सभाध्यक्ष र सभामुखको दोहोरो भूमिकामा थिए । संविधान जारी भएपछि संविधानको रक्षा गर्न आफू वकालत पेशामा फर्कने समेत बताएका थिए । संसद् विघटन हुनुअघि पनि नेम्वाङले संसद विघटन गर्न संविधानले नै नदिने बताउने गरेका थिए । तर ओलीले संसद विघटन गरेपनि उनी मौन छन् ।

    प्रधानमन्त्री ओलीले संसदको २ वर्षे कार्यकाल बाँकी रहँदै पुस ५ गते संसद् विघटन गर्दै बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend