काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ।
लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, आगामी निर्वाचनको तयारी, पार्टीको प्रशिक्षण अभियान, सरकारको कार्यसम्पादन, अध्यादेश र संसद् अधिवेशनलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका छलफल र प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए। साथै सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन र आगामी राजनीतिक तयारीबारे पनि दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ।
सचिवालयका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।