शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

राज्य व्यवस्था समितिको बैठक दुई महिनादेखि ठप्प, सभापति हरि ढकालमाथि प्रश्न

राज्य व्यवस्था समितिको बैठक दुई महिनादेखि ठप्प, सभापति हरि ढकालमाथि प्रश्न

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 81
    SHARES

  • राज्य व्यवस्था समितिको बैठक दुई महिनादेखि ठप्प, सभापति हरि ढकालमाथि प्रश्न

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले दुई महिनादेखि समितिको बैठक नबोलाएपछि उनको कार्यशैलीमाथि प्रश्न उठेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले पटक–पटक बैठक माग गर्दा पनि बैठक बस्न सकेको छैन।

    समितिको अन्तिम बैठक असोज ८ गते बसेको थियो। कांग्रेसले कात्तिक २० गते लिखित माग दर्ता गराएको थियो भने माओवादी केन्द्रका युवराज दुलाल र राप्रपाका ज्ञानेन्द्र शाहीले कात्तिक १८ गते नै बैठक बोलाउन आग्रह गरेका थिए। तर बैठक बोलाउनुको सट्टा सभापति ढकाल कात्तिक २९ गते दुई साताका लागि चीन भ्रमणमा गएका थिए।

    विपक्षी सांसदहरूले प्रहरी नेतृत्वसँगको विवाद, पत्रकार पक्राउ, इनम सापकोटा प्रकरण तथा प्रधानमन्त्रीको सचिवालयसँग जोडिएका विषयमा छलफल गर्न माग गरेका छन्। तर गृह, रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेतको निगरानी गर्ने जिम्मेवारी पाएको समितिमा यी विषयले प्रवेश पाउन सकेका छैनन्।

    स्रोतका अनुसार आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि प्रश्न उठ्ने डरले सभापति ढकालले बैठक बोलाउन आनाकानी गरेका हुन्। उनले विपक्षी सांसदहरूलाई कोरम नपुग्ने समस्या देखाए पनि समितिमा सत्तारूढ रास्वपाकै बहुमत छ।

    समितिमा पार्टी सभापति रवि लामिछाने स्वयं सदस्य छन्। विपक्षी सांसदहरूले सरकारका कामकारबाहीबारे संसदीय समितिमा छलफल हुनुपर्ने माग गरिरहेका बेला बैठक नै नबस्दा सुशासन र सरकारको जवाफदेहितामाथि प्रश्न उठेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०५:३७:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend