काठमाडौं - एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार मध्यराति नै निवासमा निधन भयो ।
उनलाई शौचालय लडेको भेटेपछि परिवारले मंगलबार बिहान साढे १ बजे शिक्षण अस्पताल लगेका थिए । त्यहीँ डाक्टरले उनलाई मृत घोषणा गरे ।
त्यसपछि नेम्वाङको पार्थीव शरीर दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा लगियो । त्यहीँ विभिन्न दलका नेता र सर्वसाधारणले श्रद्धाञ्जली दिए ।
उनका छोराहरू नेपालमा नभएकाले मंगलबार नै दाहसंस्कार भएन । उनको कान्छो छोरा सुहाङ मंगलबार राति अस्ट्रेलियाबाट नेपाल फर्के । जेठो छोरो आज बेलायतबाट फर्किने भएका छन् ।
आफ्ना दुई छोरा नेपालमा नभएकाले नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ । अर्थात् निधन भएको तीन दिनपछि नेम्वाङको अन्त्येष्टि गरिने भएको छ ।
सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
तर, देश बनाउँछु भन्ने राजनीतिज्ञकै निधन हुँदा समयमै दाहसंस्कार हुन्न, सन्तान विेदेश गएकामा उनीहरूलाई कुर्नुपर्ने कस्तो समाज निर्माण गरिँदैछ भन्ने प्रश्न उब्जेको छ ।
यसले अब बाबुआमाको निधनमा छोराछोरीले मुखसमेत हेर्न नपाउने, जलाउने व्यक्तिसमेत नपाउने अवस्था देखिएको छ । पछिल्लो समय दैनिक पाँच–सात हजार युवायुवतीले देश छाडिरहेका छन् ।
त्यसमा सर्वसाधारणदेखि उच्चपदस्थ र नेताहरूका छोराछोरीसमेत छन् । यसले नेपालमा ब्रेन डेनको समस्या मात्र देखाएको छैन, भविष्यमा नेपाल रित्तो हुँदैछ भन्ने पनि संकेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।