बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गगन थापा भन्छन्– सुवास दाइको अभाव सधैँ खड्किनेछ

गगन थापा भन्छन्– सुवास दाइको अभाव सधैँ खड्किनेछ

  • मिडिया डबली
  • मंगलवार, भाद्र २६ २०८०

  • 5.7K
    SHARES

  • गगन थापा भन्छन्– सुवास दाइको अभाव सधैँ खड्किनेछ

    काठमाडौं - एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान निधन भएको छ ।

    पूर्वसभामुख, संविधानसभा अध्यक्ष नेम्वाङको निधनले नेपालको एमाले मात्रै होइन, नेपालको राजनीति नै शोकमा डुबेको छ । एमाले अध्यक्ष केपी ओलीले आफूले सुखदुःखको साथी गुमाएको उल्लेख गरेका छन् ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा आफूलाई सिकाउने, बुझाउने नेम्वाङको अभाव सधैँ खड्किने टिप्पणी गरेका छन् ।

    ‘एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ। संविधानसभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ थापाले शोक सन्देशमा भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २४ २०७७०९:५८:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend